Skip to main content

नेपाल देवभूमि हो। यहाँ नकारात्मक उर्जाहरु धेरै समय टिकिरहन सक्दैनन्


२०७२ को भुकम्पको तिब्रता हेर्दा त्यतिबेला नेपालमा कम्तिमा २०-३० हजार देखि १ लाख मानिसहरुको मृत्यु हुनुपर्ने एक अध्य्यनले देखायो तर त्यो संख्या केवल ८००० मात्र मा सिमित भयो ।
सोचे जसरी हाम्रै घर वरिपरिका पुराना बस्ती र घरहरु समेत त्यो मात्रामा भत्किएनन जुन अवस्थामा ती घरहरु पुराना र जिर्ण भैसकेका थिए ।
पछि अध्ययन गर्न आएका अमेरिकी भुगर्ववीधहरु नै त्यतिबेला छक्क परेका थिए कि आखिर नेपाल बच्यो कसरी ? जबकी , यहाँको भुकम्पको समाचार प्रसारण हुना साथ चिन र भारतले सोचेका थिए कि पक्कै नेपालमा काठमाडौ उपत्यका पुरै जमीन मुनि भासियो होला ।
तर, जब उनिहरुले सेटलाइट बाट अध्ययन गरे, हेलिकप्टरबाट आएर हेरे उनिहरुले सोचे अनुसारको १% मात्र क्षति भएको देखे र अचम्मीत भए ।
यसैगरि , एकजना वृद्ध बुवा भन्दै हुनुहुन्छ , पहिले विफर फैलदा पनि यहाँ त्यस्तो भयावह स्थिती थिएन । जुन हिसाबले रोग फैलिएको थियो , त्यो अनुसार यहाँ सबै सखाप हुनुपर्ने । तर त्यस्तो भएन ।
बिश्वमा विभिन्न रोग आए । प्लेग , इबोला, सार्स, मार्स र अहिले कोरोना । तर, भगवान कै कृपा मान्नुपर्छ अहिलेसम्म नेपालमा त्यस्तो धेरै असर कुनैले पनि पार्न सकेको छैन ।
एउटा पुरानो रास्ट्र्प्रेम झल्कने गीत थियो, जहाँ ढुङ्गा ढुङ्गामा देवताको वास छ । जहाँ थुम्का थुम्कामा स्वर्गको आभाष छ । त्यो देश मेरो हो , त्यो देश मेरो हो ।
वास्तवमै , नेपाल भनेको ऋषि भुमी हो । यो देव भूमी हो । यहाँ नकारात्मक उर्जाहरु लामो समयसम्म टिकिरहन सक्दैनन । त्यसैले यत्तिको सुन्दर देशलाई छाडेर विदेशमा भविष्य खोज्नुहुने सबैले अब सोच्नुपर्ने दिन आएको छ । आफ्नो संस्कार र सभ्यता छाडेर अर्को सभ्यतामा रमाउनुहुने र आफ्नो धर्म छाडेर अरु धर्ममा रमाउनुहुने सबैले एकपटक सोच्नुपर्ने बेला आएको छ ।
संसारमा सबै सभ्यता पटक पटक संकटमा पर्दा नेपाल मात्र किन जोगिइरहेको छ ? कतै यो सबै पशुपतिनाथकै कृपाको कारण त हैन ?
यत्तिको पवित्र देवभुमी संसारमा अन्त कतै छैन । यहीँ रहेर, बाँचेर मात्र हामी सुरक्षित रहन सक्छौ र यसैमा प्राण त्यागेर मात्र हामी जन्म र मृत्युको बन्धनबाट मुक्त बन्न सक्छौं ।
हृदय देखि नै आफ्नो देश र जन्मथलोलाई माया गरौं ।
पशुपतिनाथले सबैको कल्याण गरुन् भनेर राजा ज्ञानेन्द्र र राज परिवारले सधैं भन्ने गरेको त्यसै हैन रहेछ ।

Comments

Popular posts from this blog

ई-सेवाका ग्राहक र अस्गर अलीका समर्थकले बुझ्नु पर्ने केहि कुरा

ई-सेवाका संचालक अस्गर अलि नेकपा सँगको राजनीतिक पहुँच भएका कारण उनले सरकारी डाटामा स्वामित्व पाएका हुन्। विश्वमा कहीं पनि यस्तो हुँदैन। संवेदनशील डाटालाई राजनीतिक पहुँच भएकै आधारमा कहिल्यै पनि यस्ता डाटा कुनै एउटा प्राइभेट कम्पनीले पाउदैन।   यहि पहुँचका आधारमा   निर्वाचन आयोग र आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोषजस्ता एक दर्जनभन्दा बढी सरकारी निकायसँग भएका गोप्य र संवेदनशील विवरण अहिले अस्गर अलीको पहुँचमा छन्। यो सबैको पछाडिको कारण भने एउटै हो , अस्गर अलि प्रधानमन्त्री ओलीको आइटि  विज्ञ  हुनु र प्रधानमन्त्री कै सल्लाहकार विष्णु रिमालको विश्वासिलो पात्र हुनसक्नु।  आफूलाई प्रधानमन्त्रीले आइटी विज्ञ नियुक्त गरेपछि अलीको ध्यान सरकारी डाटा आफ्नो कब्जामा ल्याउनतिर रहेको कुरा सरकारी अधिकारीहरुले नै बताएको भन्दै नागरिक न्युजले उल्लेख गरेको छ। यो संग्गे नयाँ पत्रिकाले समेत यसरि अलि अस्गरका र नेकपाका मिलामेतोमा भएको कर्तुतहरु बारे पनि छर्लंग पारेको छ।  अस्गर...

कोरोना जस्तो विश्व महामारीबाट केवल नेपाली सभ्यताले मात्र पूरा विश्व जोगाउन सक्छ । यस्ता छन् कारणहरु

नेपाली सभ्यतामा बिहान उठ्नासाथ दैनिक स्नान गर्नुपर्ने , जप, ध्यान गर्नुपर्ने , मन्दीर धाउनुपर्ने नियम छ । यहाँसम्म कि मुख नधोई चिया खाएको ? भनेर हाम्रा हजुरबुवाहरुले हामिलाई गाली गर्नुहुन्थ्यो सानो बेलामा । यो पुरै सरसफाई सङ्ग जोडिएको विषय थियो । बिहान उठेर स्नान गर्दा शरिरमा भएका भाइरस, ब्याक्टेरिया सधैं पखालिन्थे , स्नान गरेपछी मात्र breakfast खादा शरिरमा भएका ब्याक्टेरिया र भाइरस हाम्रो शरिरभित्र पुग्न सक्दैन थियो । त्यसपछी जप, ध्यान गर्दा मानसिक शान्ती मिल्थ्यो , उकालो चढी चढी मन्दीर धाउँदा शारिरिक ब्यायम हुन्थ्यो र अरु दिर्घ रोग लाग्दैन थियो । यसरी हाम्रो संस्कारले दिर्घ रोग, मानसिक रोग लगायत संक्रमण हुने रोगबाट समेत हामिलाई जोगाएको थियो । दिउँसोभरी जो जता जाओस तर अरुले पकाएको खान नहुने, बासी कुरा खान नहुने, बिहान पाकेको कुरा दिउँसो राखेर खान नहुने नियम थियो । खाना खाँदा धोती फेरेर खानुपर्ने , खाना बनाउनेले पनि आधी लुगा मात्र लगाएर र कपडा फेरेर बनाउनुपर्ने नियम थियो । यसरी अरुले बनाएको खानेकुरा नखाँदा हामिलाई अरुबाट संक्रमण सर्न सक्दैन थियो । धोती फेरे...