Skip to main content

कोरोना जस्तो विश्व महामारीबाट केवल नेपाली सभ्यताले मात्र पूरा विश्व जोगाउन सक्छ । यस्ता छन् कारणहरु

नेपाली सभ्यतामा बिहान उठ्नासाथ दैनिक स्नान गर्नुपर्ने , जप, ध्यान गर्नुपर्ने , मन्दीर धाउनुपर्ने नियम छ । यहाँसम्म कि मुख नधोई चिया खाएको ? भनेर हाम्रा हजुरबुवाहरुले हामिलाई गाली गर्नुहुन्थ्यो सानो बेलामा । यो पुरै सरसफाई सङ्ग जोडिएको विषय थियो ।
बिहान उठेर स्नान गर्दा शरिरमा भएका भाइरस, ब्याक्टेरिया सधैं पखालिन्थे , स्नान गरेपछी मात्र breakfast खादा शरिरमा भएका ब्याक्टेरिया र भाइरस हाम्रो शरिरभित्र पुग्न सक्दैन थियो ।
त्यसपछी जप, ध्यान गर्दा मानसिक शान्ती मिल्थ्यो , उकालो चढी चढी मन्दीर धाउँदा शारिरिक ब्यायम हुन्थ्यो र अरु दिर्घ रोग लाग्दैन थियो । यसरी हाम्रो संस्कारले दिर्घ रोग, मानसिक रोग लगायत संक्रमण हुने रोगबाट समेत हामिलाई जोगाएको थियो ।
दिउँसोभरी जो जता जाओस तर अरुले पकाएको खान नहुने, बासी कुरा खान नहुने, बिहान पाकेको कुरा दिउँसो राखेर खान नहुने नियम थियो । खाना खाँदा धोती फेरेर खानुपर्ने , खाना बनाउनेले पनि आधी लुगा मात्र लगाएर र कपडा फेरेर बनाउनुपर्ने नियम थियो ।
यसरी अरुले बनाएको खानेकुरा नखाँदा हामिलाई अरुबाट संक्रमण सर्न सक्दैन थियो । धोती फेरेर र लुगा फेरेर खाना खाँदा वा बनाउँदा आफ्नो कपडामा भएको संक्रमण खानेकुरा सम्म आइपुग्ने कुनै सम्भावना नै हुँदैन थियो । फेरि खाना खाने बेलामा बोल्न नहुने, पलेटि कसेर खानुपर्ने , खाना अघि थोरै जल पिएर मात्र खाना खानुपर्ने , निस्तो खाना खान नहुने नियम थियो । यसले हाम्रो पाचन प्रणालिमा सिधै राम्रो प्रभाव बनाउथ्यो र पाचन प्रणाली राम्रो भएपछि stamina बलियो हुन्थ्यो ।
हाम्रो संस्कारले दूध भन्दा दहि अझ दहि भन्दा मोहिलाई बढि प्राथमिकता दिएको थियो । बिज्ञानले पनि प्रमाणित गरिसकेको छ कि दुधमा भन्दा दहिमा र दहिमा भन्दा मोहिमा नराम्रो चिल्लो जसले हामिलाई कोलेस्ट्रोल गराउछ त्यो नराम्रो चिल्लोको मात्रा मोहिमा कम हुन्छ तर पौस्टिक तत्व झन् बढी । त्यसैले हाम्रा पुर्खाहरुको घर घरमा ठेकि भरी मोहि हुन्थ्यो र दिउँसो बाहिरको खाजा नखाई घरकै मकै सङ्ग घरकै मोहि खान्थे जसले फाइबर र fat दुबैको शरिरमा balance गर्थ्यो र शरिरलाई चाहिने probiotic (राम्रा ब्याक्टेरिया) ले शरिरको stamina पनि बलियो गराउथ्यो ।
दिउँसोभरी परिश्रम र घरको लागि गरेको कामले थाकेको शरिरलाई सन्ध्या स्नानले फुर्तिलो गराउथे , हात, गोडा नधोई भित्र छिर्न पाइन्न थियो । अझ आगो समेत छुने चलन थियो जसले गर्दा बाहिरबाट ल्याएको नकारात्मक उर्जा, भाइरस, ब्याक्टेरिया घरभित्र छिर्न पाउँदैन थिए । सन्ध्या आरती, जप र ध्यानले दिउँसोभरिको तनाव कम गर्थ्यो र साँझ घाम अस्ताएपछी खान हुन्न भनेर छिट्टै खाना खान्थे जसले गर्दा खाने बित्तिकै सुत्न पर्दैन थियो र मुटु रोग, सुगर आदिको सम्भावना कम हुन्थ्यो ।
दैनिक फुकिने शंखले थाइराइड ग्रन्थिलाई बलियो बनाएर थाईराइड लाग्न दिँदैन थियो । शंख र घण्टको आवाजले धेरै किलोमिटर सम्मको नकारात्मक उर्जा नस्ट हुन्थे र त्यो ध्वनिले वायुमण्डलको भाइरस, ब्याक्टेरियाको growth मा समेत काम गर्थ्यो । यसकै लागि त बेला बेलामा घरमा हवन, रुद्री र सत्यनारायण पुजा गर्न लगाइन्थ्यो ता कि मानिसको मानसिक बिश्वास , संकल्प र शक्तीमा वृद्धि होस् ।
घरकै गाईवस्तुको मल हालेको organic तरकारी र अन्नले पौस्टिकता मात्र दिन्थ्यो, रोग लाग्दैन थियो । सकेसम्म खेतबारिमा काम गर्नलाई पैसा भन्दा पनि पर्म जाने चलन थियो जसमा पैसा नलिई कामको बदलामा काम तिर्ने चलन थियो । जसले मानिसलाई सहयोगको भाव विकास गर्थ्यो र ज्यादा लोभी बनाउँदैन थियो ।
घरमा सुँगुर , कुखुरा पाल्ने, जाँड रक्सी बनाउने , मासु खानेहरु बिच तथा सात्विक खाना खाने, veg मात्र खानेहरु बिच सामाजिक दूरी ( social distancing ) बनाउनको लागि चार वर्ण ब्राह्मण, क्षेत्री , वैश्य र शुद्र भनेर छुट्याइएको थियो र सकेसम्म यी वर्गहरु बिच सामाजिक दुरि बनाईएको थियो किनकी सुँगुर र कुखुराबाट फैलने स्वान फ्लू, बर्ड फ्लू आदि रोग ती जिवसङ्ग connection नहुने अरुमा फैलन नपाओस । पछि यहि नबुझेर हामिले त्यसलाई छुवाछत भन्दै उल्टो दिशातर्फ लग्यौ जसले समाजमा विभेद गरायो । वास्तवमा त्यसको प्रायोजन social distance maintain मात्र थियो ।
रजस्वला भएकी नारी जसको कम्तिमा ४ दिन तिब्र गतिले रगत बग्छ र रगतमा ब्याक्टेरिया संक्रमण बढी हुन्छ र तिब्र गतिमा हुन्छ भन्ने थाहा पाएर रजस्वला हुँदा अरु काम गर्नु तर भान्छामा र पुजामा नछिर्नु भनेर ४ दिन बेग्लै राखिन्थ्यो जसले गर्दा त्यो संक्रमण खानेकुरामा र अरुमा फैलन गारो हुन्थ्यो । त्यतिबेला अहिले जस्तो pad पाइन्न थियो र पानीको पनि अभाव थियो जसले गर्दा त्यतिबेला रजस्वला हुँदा सरसफाई गर्न गारो हुन्थ्यो ।
अब अहिले पस्चिमी सभ्यता हावी भएपछि हेर्नुहोस,
बिहान ओछ्यानमै मुख नै नधोई चिया चाहिन्छ , सुतेकै लुगामा बाथरुम गईन्छ , त्यही लुगाले खाइन्छ, सुतिन्छ, संसार घुमिन्छ । यसो गर्दा नै हामिले मानसिक अशान्ति र शारिरिक संक्रमण दुबैलाई निम्ता दिन्छौं । त्यो पनि बिहानै देखि ।
घरको भन्दा बाहिरको खाना मन पर्छ । आज एक दिन घरमा नखान पाए संसार जितिन्छ जस्तो लाग्छ । बाहिर खाना खाँदा रवाफ बढेको जस्तो लाग्छ तर यसरी हामी फोहोर, विषादी युक्त र संक्रमण युक्त खाना खाईरहेका हुन्छौं ।
घरमा भुट्ने मकै अहिले pop corn भएको छ । त्यहीपनि यस्ता चीज भन्दा हामिलाई मम , चाउमिन, पिजा यस्तै चीज मनपर्छ जसले गर्दा हाम्रो शरीर दिन प्रतिदिन कमजोर बन्दै गएको छ । मोहि भन्ने त अहिलेको पुस्ताले सायद चिन्दैनन पनि होला ।
शाकाहारी भोजन छाडेर जीव हत्या गर्दै मासु, माछा अण्डा मात्र रुचाउछौ । यसले पशुमा भएको रोग त मनिसलाई लाग्छ नै त्यो सङ्गै विभिन्न दिर्घ रोगको पनि खतरा बढ्छ ।
कहाँको जप, ध्यान कहाँको चिन्तन, कहाँको मानसिक शान्ति ? बरु डिप्रेसनको औषधी र निन्द्रा लाग्ने औषधि सेवन गर्छौं । यसले झनै शरिरको रोग प्रतिरोधात्मक क्षमता घटाउछ र कमजोर गराउँछ ।
चुरोट, जाँड, रक्सी खादैमा आधुनिक बनेको सम्झन्छौ र आफैं उत्पादन गर्न छाडेर किनेर तरकारी खान पाउँदा आनन्द लाग्छ जसले गर्दा विषादी बढी खाइन्छ , शरिरमा टक्सिन बढ्छ र शरीर अझै कमजोर हुन्छ ।
कहाँ सामाजिक दूरी , अहिले त जातको कुरा गर्यो भने कानुन लाग्छ भन्दै हुनेभए सुङ्गुर र बुङ्गुर नै त्यसको घरभित्र छिराईदिउँ क्यारे जसरी हामी व्यवहार गर्छौ (स्मरण रहोस , मैले यो भनिरहँदा सामाजिक छुवाछुत का घृणा गर्नुपर्छ भनेको हैन , कम्तिमा वर्ग छुट्याएर सुङ्गुर, कुखुरा र बुङ्गुर पाल्ने र नपाल्ने विचको दूरी बनाउँदा राम्रो हुन्छ भनेको हो )
रजश्वला प्राकृतिक नियम हो भन्दै पस्चिमाको कुरा सुनेर , नारी विभेद ठानेर हुने भए रजश्वला हुँदा बगेको रगत नै पुरुषहरुको मुखमा पोतिदिन पाए हुने जसरी नारीवादी तर्क गर्छौं तर यो याद गर्दैनौ कि हाम्रो रगत बगेको छ यतिबेला , हामिले संक्रमण बोक्न सक्ने सम्भावना बढी छ।
शंख बजाउन हामी मध्ये ८०% लाई आउदैन । मन्दीर हामी जादैनौ , जप , ध्यान हामी गर्दैनौ र अशुद्द चीज बढी खान्छौ , आफ्नो संस्कारलाई पुरातनवादी भन्छौं तर आज हेरौं त ,
सामाजिक दूरी बनाउ भनेर उनिहरु नै छुवाछुत लगाउन थाले, मन्दीर गए जसरी morning walk जाउ उनिहरु नै भन्न थाले, ध्यान र प्राणायम गर्दा मानसिक शान्ती मिल्छ र मानसिक शान्तीले मात्र रोग जितिन्छ उनिहरु नै भन्न थाले । धेरै जसो प्राणघातक रोग जनावरबाट नै मानिसमा आउँछ भन्नेमा सहमत भए । animal fat राम्रो हैन भन्न थालेका छन् । मोहिमा हुने bacteria को probiotic tablet निकाल्न थालेका छन् । केटि मान्छेले कपाल बाँधेर हिड्नु नत्र कोरोना सर्छ भन्न थाले ।
हामि अझै पनि भन्दै छौं रजस्वला नारी विभेद, कपाल बाँधेर हिड्नु पुरातनवादी सोच , सामाजिक दूरी बनाउनु र अरुले छोएको नखानु छुवाछुत र विभेद , शाकाहारी बन्नु कमजोर हुनु हो , जप ध्यान गर्न र शंख बजाउन अनि मन्दीर जान वृद्ध हुनुपर्छ आदि इत्यादी
तर, एकपटक गहिरिएर सोचौ । यदि विश्व नै हाम्रो पुर्खा चलेको जसरी नीति नियममा चलेको भए , रुख बिरुवा, वर, पिपललाई इश्वर मानेर र हरेक जिवलाई इश्वर मानेर जिवहत्या नगरी र बन जङ्गल सखाप नपारी बर तिहारमा र अरु बेला हामिले पुजेको जसरि पुजा गरेको भए र सामाजिक दूरी कायम राख्न सफल भएको भए , अर्ग्यानिक खानेकुरामा जोड दिन सकेको भए र दैनिक जप, ध्यान , पुजा आदिमा लागेको भए , शंख र घण्टको महत्व बुझेको भए , नेपालिको पर्म र मेलालाई बुझेको भए र पैसालाई मात्र महत्व नदिएको भए आज बिश्व्मा डाईबिटिज , प्रेसर, थाईराईड , तनाब , डिप्रेसन , संक्रमण र अहिले कोरोना संक्रमण । यी कुनै पनि रोगको अस्तित्व आज यो संसारमा हुने नै थिएन ।
अझै पनि बेला छ । नेपाली बनेर पूरा विश्व बाचोस , सनातन पद्दतिमा पूरा दुनियाँ लागोस । यसरी मात्र बिश्वमा शान्ती र निरोगिपन छाउछ ।

Comments

Popular posts from this blog

ई-सेवाका ग्राहक र अस्गर अलीका समर्थकले बुझ्नु पर्ने केहि कुरा

ई-सेवाका संचालक अस्गर अलि नेकपा सँगको राजनीतिक पहुँच भएका कारण उनले सरकारी डाटामा स्वामित्व पाएका हुन्। विश्वमा कहीं पनि यस्तो हुँदैन। संवेदनशील डाटालाई राजनीतिक पहुँच भएकै आधारमा कहिल्यै पनि यस्ता डाटा कुनै एउटा प्राइभेट कम्पनीले पाउदैन।   यहि पहुँचका आधारमा   निर्वाचन आयोग र आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोषजस्ता एक दर्जनभन्दा बढी सरकारी निकायसँग भएका गोप्य र संवेदनशील विवरण अहिले अस्गर अलीको पहुँचमा छन्। यो सबैको पछाडिको कारण भने एउटै हो , अस्गर अलि प्रधानमन्त्री ओलीको आइटि  विज्ञ  हुनु र प्रधानमन्त्री कै सल्लाहकार विष्णु रिमालको विश्वासिलो पात्र हुनसक्नु।  आफूलाई प्रधानमन्त्रीले आइटी विज्ञ नियुक्त गरेपछि अलीको ध्यान सरकारी डाटा आफ्नो कब्जामा ल्याउनतिर रहेको कुरा सरकारी अधिकारीहरुले नै बताएको भन्दै नागरिक न्युजले उल्लेख गरेको छ। यो संग्गे नयाँ पत्रिकाले समेत यसरि अलि अस्गरका र नेकपाका मिलामेतोमा भएको कर्तुतहरु बारे पनि छर्लंग पारेको छ।  अस्गर...

नेपाल देवभूमि हो। यहाँ नकारात्मक उर्जाहरु धेरै समय टिकिरहन सक्दैनन्

२०७२ को भुकम्पको तिब्रता हेर्दा त्यतिबेला नेपालमा कम्तिमा २०-३० हजार देखि १ लाख मानिसहरुको मृत्यु हुनुपर्ने एक अध्य्यनले देखायो तर त्यो संख्या केवल ८००० मात्र मा सिमित भयो । सोचे जसरी हाम्रै घर वरिपरिका पुराना बस्ती र घरहरु समेत त्यो मात्रामा भत्किएनन जुन अवस्थामा ती घरहरु पुराना र जिर्ण भैसकेका थिए । पछि अध्ययन गर्न आएका अमेरिकी भुगर्ववीधहरु नै त्यतिबेला छक्क परेका थिए कि आखिर नेपाल बच्यो कसरी ? जबकी , यहाँको भुकम्पको समाचार प्रसारण हुना साथ चिन र भारतले सोचेका थिए कि पक्कै नेपालमा काठमाडौ उपत्यका पुरै जमीन मुनि भासियो होला । तर, जब उनिहरुले सेटलाइट बाट अध्ययन गरे, हेलिकप्टरबाट आएर हेरे उनिहरुले सोचे अनुसारको १% मात्र क्षति भएको देखे र अचम्मीत भए । यसैगरि , एकजना वृद्ध बुवा भन्दै हुनुहुन्छ , पहिले विफर फैलदा पनि यहाँ त्यस्तो भयावह स्थिती थिएन । जुन हिसाबले रोग फैलिएको थियो , त्यो अनुसार यहाँ सबै सखाप हुनुपर्ने । तर त्यस्तो भएन । बिश्वमा विभिन्न रोग आए । प्लेग , इबोला, सार्स, मार्स र अहिले कोरोना । तर, भगवान कै कृपा मान्नुपर्छ अहिलेसम्म नेपालमा त्यस्तो धेरै अ...