आइटी सल्लाहकार
Asgar Ali
ले साइबर अपराध गर्छन् । अघिल्लो दिन प्रमाणीत भए जुत्ताको माला लगाउछु भन्छन , भोलिपल्ट आफ्नै कम्पनिले ह्याक गरेको स्विकार्छ ।
स्वास्थ्य मन्त्री @भानुभक्त ढकाल ले स्वास्थ्य संकटमा समेत स्वास्थ्य सामाग्रीमा भ्रस्टाचार गरिदिन्छन । हैन हैन भन्दा भन्दै हो हो हुन गएपछि हत्त न पत्त सेनालाई जिम्मा दिइन्छ ता कि त्यहाँ अख्तियार नलागोस ।
राजनितिक सल्लाहकार
Bishnu Rimal
ओलिलाई सधैं हामिले के के नै गर्यौ भन्ने भान पार्न र गलत सल्लाह दिन कहिल्यै पछि पर्दैनन ।
पर्यटन मन्त्री
Yogesh Bhattarai
यस्तो अवस्थामा समेत विमानलाई यता उति पारेर २०-३० लाख कमिसन खान तल्लीन रहेको समाचार आउँछ । बेलैमा flight नरोकेर अझ कोरोना free zone भन्दै पर्यटक सङ्गै कोरोना भित्र्याइदिन्छन ।
सभामुख
Krishna Bahadur Mahara
बलात्कार काण्डमा फस्छ्न । हो हैन के हो ? तर मुद्दा भोग्छन र जेलबाट निक्लन्छन ।
पार्टनर
क. प्रचण्ड / Comrade Prachanda
हत्या र युद्धको पृस्ठभुमीबाट आएका ब्यक्ती , कहिले काङ्ग्रेस चाहार्दै एमाले सराप्दै , कहिले एमाले चाहार्दै काङ्ग्रेस सराप्दै आफ्नो द्वैध चरित्र देखाउदै र ब्यक्तिगत फाइदा हेर्दै एकीकरण गरेर ओलिलाई एमाले बाट नेकपा बनाइदिन्छन ।
संचारमन्त्री
Gokul Baskota
निकै टिठ देखाउदा देखाउदै र एउटा भएको फोन समेत दाइजो आएको हो भन्दा भन्दै करोडौमा चिप्लिन्छन र त्यो टररो बोलिको दुखद अन्त्य भैजान्छ ।
खानेपानी मन्त्री
Bina Magar
मा क्षमता भन्ने कुरा केही नभएको जसरी मेलाम्चिको ठेक्का भगाउने र जनतालाई प्यासमा तड्पाउने तथा क प्रचण्ड को दयाले मात्र खानेपानी मन्त्री को टीका लगाईरहन्छीन ।
उनका आफ्नै विश्वासिला विश्णु पौडेल बालुवाटार जग्गामा जोडिदै भुमाफियाको tag भिरिदिन्छन ।
अर्थमन्त्री युवराज खतिवडा आएदेखि शेयर कहिल्यै उकालो लाग्दैन । वित्तिय संस्था सधैं धरासायी बन्दै जान्छ ।
तथापी प्रधानमन्त्री
KP Oli
यस्तैले घेरिएर मख्ख परेर बस्छन , आफ्नाहरुको अपराध लुकाउन आफैँ अघि सर्छन र अझै भन्छन् । म भ्रस्टहरुको मुख पनि हेर्दिन । यो देश बनाउने यस्तै मेरा भ्रस्ट जवानहरुको जमातले हो ।
अनि हामी जनता सधैं तैँ चुप । मै चुप ।
आखिर यस्तै भ्रस्टहरुलाई वरि परि राखेर कुन्नी के को न्यानोमा रमाईरहनुभन्दा आफुले लगाएको भिजेको सुरुवाल फेर्नुहोस प्रम ज्यु ।
सबै देश यसै उसै सेनाले नै चलाउने भएपछी हामिमा केही क्षमता छैन भन्ने स्विकारेर बरु देश नै सेना र राजा
Gyanendra Shaha
को जिम्मा लगाईदिनुहोस र तपाईंहरु सन्यास लिनुहोस । अब जनताको यहि एउटा आशा छ प्रधानमन्त्री ज्यु ।
यो पोस्टले तपाइँहरुको अपमान गरेको हैन देखेको र सुनेको सत्य कुरा लेखेको हो ।

Comments
Post a Comment